काठमाडौं,
जेठ २४ ।
कोरोना भाइरस (कोभिड-१९)को दोस्रो लहरको संक्रमण नियन्त्रण र रोकथामका लागि गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ । यसका विरुद्धमा सिपाहीका रुपमा चिकित्सक तथा स्वास्थ्यर्मी खटिइरहनु भएको छ । यस्तै सुरक्षाकर्मी, सञ्चारकर्मीलगायत फ्रन्ट लाइनमा हुनुहुन्छ ।

उहाँहरूको सम्मानमा केही आर्टिष्टहरूले भित्ते आर्ट सुरु गर्नुभएको छ । टाटु आर्टिष्ट तथा सुमिना श्रेष्ठसँगै दुजाङ शेर्पा, साङे लामा, कृपा शेर्पा र कुन्जाङ शेर्पाले भित्ते आर्ट शुरु गर्नुभएको हो ।

सोमबार रत्नपार्कको आकाशे पुलको भित्तामा आर्ट गर्दै यो अभियान शुरु गरिएको छ । यो अभियान व्यक्तिगत खर्चमा उहाँहरूले शुरु गर्नुभएको हो । काठमाडौंका अन्य ठाउँमा पनि यस्तो आर्ट गरिने सुमिनाले बताउनुभयो ।
सुमिना फाइन्ट आर्टको विद्यार्थी हुनुहुन्छ भने टाटु आर्टिष्टमा चर्चित हुनुहुन्छ । यस्तै उहाँले काटुनिष्टका रुपमा पनि आफूलाई प्रस्तुत गर्दै आउनुभएको छ ।

तस्वीर : श्रद्धा भुसाल






