काठमाडौं,
जेठ २३ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै मुलुकभर पश्चिमी वायुको प्रभावले आज विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जनाएको छ । पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले अहिले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली भएको महाशाखाले जनाएको छ ।
सोही प्रभावले आज दिउँसो र राति देशका पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मंगलबारसम्म नै वर्षाको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।






