काठमाडौं,
जेठ १६ ।
आइतबार थप ४ हजार ३६९ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र एक हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमण पुष्टि भएको हो ।
देशभर सक्रिया संक्रमितको संख्या एक लाख आठ हजार ८९७ रहेको छ । तीमध्ये सात हजार ५६३ जना संस्थागत र एक लाख एक हजार ३३४ जना होम आइसोलेसनमा छन् ।
यस्तै थप ६ हजार २०५ जना संक्रमित निको भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या चार लाख ४० हजार ९५५ पुगेको छ । निको हुने दर ८९.२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै काठमाडौं उपत्यकामा आइतबार एक हजार ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ८०४ जना, भक्तपुरमा ११३ जना र ललितपुरमा १७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो केही दिन यता काठमाडौं उपत्यकमा संक्रमितको संख्या घट्दो दरमा पाइएको छ ।
आइतबार थप १०९ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या सात हजार २७२ पुगेको छ ।






