काठमाडौं,
जेठ १२ ।
बुधबार थप ६ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । देशभर गरिएको १९ हजार ३० जनाको पिसिआर र ३२२ जनाको एन्टिजेन परीक्षणका क्रममा ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । पछिल्लो समय देशभर १ लाख १७ हजार ७७७ जना सक्रिय संक्रमित छन् ।
काठमाडौँ उपत्यकामा मात्रै बुधबार १ हजार ४९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । काठमाडौँमा १ हजार १३९, भक्तपुरमा ११३, र ललितपुरमा २४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै बुधबार थप ६ हजार ७१६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ११ हजार ६०३ पुगेको छ । निको हुने दर ७६.९ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड –१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ६ हजार ८४५ पुगेको छ ।






