✍️ पुष्प शर्मा
सिङ्ताम, सिक्किम ।
जेठ १२ ।
सभ्यताको मूलै धमिल्याउने धृष्टता हुँदा
चेतनाका प्रत्येक शिखाहरूबाट
जन्मेका छन्
हरेक युगमा
एउटा एउटा बुद्ध
र रचिएको छ एउटा एउटा क्रान्ति ।
कति थिए अलौकिक बुद्ध
पहिले पनि।
लौकिक बुद्ध बने
एशियाका दीयो।
विश्वले चिने बुद्ध
र
पाए विश्वले बुद्ध ।
शान्तिदूत बुद्धको प्यास
सधैँ हुन्छ।
चिने बुद्ध
हुन्छ शान्ति ।
‘नमो भवतु बुद्धाय’ ।।






