चलचित्र ‘हिटलर’ युट्युबमा सार्वजनिक

काठमाडौं,
जेठ ७ ।

चलचित्र ‘हिटलर’ युट्युबमा सार्वजनिक भएको छ । सौरभ ढकालले निर्देशन गरेको चलचित्र रेड बर्ड प्रोडक्सनको युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो । अष्टनारायण पिक्चर्सले यो चलचित्र निर्माण गरेको हो ।

चलचित्रमा सोहित मानन्धर, मेनुका प्रधान, सामिया बर्तौला, अर्जुन गुरुङ (भँगेरी) र दिवस धिताल लगायतका कलाकारको अभिनय छ ।
चलचित्रमा लोचन घिमिरेको सङ्गीत, सनुप पौडेल र आकांक्षा बस्यालको स्वर, कृष्ण अछामीको कोरियोग्राफी, मित्र डी गुरुङको सम्पादन, अर्जुन राज पौडेलको छायांकन छ ।

किचमान चित्रकारको कन्सेप्ट र कथा रहेको चलचित्रमा बुद्धरत्न मानन्धर, त्रिरत्न मानन्धर, रामवीर मानन्धर, मनिकराम मानन्धर कार्यकारी निर्माता, चिनिमाया मानन्धर निर्माता छन् ।

यसमा तपाइको मत

अन्य समाचार