लिना बानियाँ
काठमाडौं,
जेठ ७ ।
मेरो गाउँ रित्तिनै लाग्यो सरकार एक मुठ्ठी सास त देउ
मेरो आश सकिनै लाग्यो सरकार एक मुठ्ठी सास त देउ
न मागे गाँस न बास नै कहिले, यो अलिकति सास त देउ
मेरो नाउ पल्टिने लग्यो सरकार एक मुठ्ठी सास त देउ ।
खाली भो घर, सुनसान भो डगर, आशुँको भेलमा बग्नै लाग्यो शहर
जग नि भत्किनै लाग्यो सरकार अलिकति टेवा त देउ
प्रकृतिक नै नासिन लाग्यो सरकार अलिकति साथ त देउ
तिमी लास पछिको धुँवामा जाउ रमाउ भन्छौ
मेरो हंसै उड्न लग्यो सरकार एक मुठ्ठी सास त देउ ।
आश गर्दै होला मझेरी, आउँछ र कराउँछ भन्दै
बाटो हेर्दै होलान नाबालक, भोको पेट अब अघाउँछ भन्दै
यहाँ भरोशा नै तड्पीन लाग्यो सरकार अलिकति आश त देउ
यहाँ प्रकाश छेकिनै लाग्यो सरकार एक मुठ्ठी सास त देउ ।
तिमीत ब्यस्त छौ रे आज आफ्नै–आफ्नै खेलमा
रमाउदै छौ रे धमण्ड र अहंकारले घेरिएको जेलमा
यहाँ आवाज रोकिनै लाग्यो सरकार थोरै त सद्भाव देउ
मेरो अस्तित्क्व नै सकिनै लग्यो सरकार एक मुठ्ठी सास त देउ ।






