कविता: म पत्नी/आइमाई र आमा

✍️ जीविका अश्रु
गान्तोक, सिक्किम
वैशाख ३० ।

माया गर्दा गर्दै
र माया खोज्दा खोज्दै रितिएकी
म आईमाई/पत्नी
अनि आमा पनि ।

पागाल जस्तै
भन्सामा भौतारिदा
हरेक पटक
प्रेम छरिरहन खोज्ने
सुगन्ध पस्कन खोज्ने
प्रेम गरिरहन खोज्ने
हरेक तरङमा
प्रत्येक गाँसमा तर्सिने
म कस्तो पगल हो ?

मात्र सपनिमा
आफ्नो खुशी खोजेर
अलिकती
बिपनीमा तिम्रालागि बचाउन खोज्ने
बिहानै, रित्ताहातहरू सँग
रिसाउदै, बर्बराउने
कस्ती पागल ?

होस्,
तर आज
अलिकती उज्यालो
आफ्नै अञ्जुलीमा
मागेकी छु
आखामा थोरै मुस्कान बोकेर
तिमी सामु
तिम्रो अधरमा पोखेर
तिमीमा,
तिमीमा बिलाउन खोज्दैछु
र फेरि
पागल हुन्छु ।


म यसरी नै पग्लाई रहन्छु
तिम्रो अङ्गालो भरी
अनि
आँखा भरी पिउछु
त्यो शेष मायापनि
र पनि,
पख
तिमी भरिएर जाउला
हुन्छ ?

म मा पोखिएर
म बाट भरिएर
म भएसम्म बगिरहनु
मलाइ डुबाउने गरी ।
तिमी खुशी छौ हैन ?
तर यतिभने बुझिराख
म डुबिजाने
कमजोर डुङ्गा बन्न चाहन्न ।

मैले समेट्नुछ मेरै लागि
केही खुशी केही सुख र शान्ति !!

यसमा तपाइको मत

अन्य समाचार