कमरेड पशुपति चौलागाईसँगको स्मरण

✍️ बिष्णु पोखरेल
काठमाडौं,
वैशाख २९ ।

पहिलो भेट २०६३ मंसिर गते ठ्याक्कै बिर्सिए, आर आर क्याम्पस सम्पर्क मञ्चको एक कार्यक्रम प्रतक्ष भेटेको आम कार्यकर्ताको बीचमा भेटेको खासै बोलचाल भएन त्यो पछाडि कार्यक्रमहरूमा भेटघाट चिनजान हुँदै गयो तर ब्यक्तिगत चिनजान थिएन । २०६४ बैशाखमा म राजनितीक रुपमा अनेरास्ववियु कोटेश्वर क्याम्पस दोलखा काठमाडौं सम्पर्क कमिटि अध्यक्ष भए पछि उहाँलाई भेट्न उहाँको निवासमा गएर भेटेँ ब्यक्तिगत चिनजान गरेँ जुन काम अनेरास्ववियुका तत्कालीन नेता सन्तोष खड्काले गर्नुभएको थियो । म भर्खरै १७ बर्षको केटो राजनीतिक रुपमा शून्य, उच्च शिक्षा अध्ययनको लागि काठमाडौ आएको सामान्य गाउले केटो पढ्दै सामान्य काम गर्दै गरेको थिए । तर, राजनीतिमा अत्यन्तै चासो तर भरखरै माओवादी शान्ति बार्तामा आएको जताततै माओबादीको जगजगी, म राजनीतिक पार्टी, बिचार र शिद्दान्तको त कुरै छोडौँ तथापी नेकपा एमाले र मदन भण्डारीको खुबै नाम सुनेको थिए त्यसैले एमालेको कार्यकर्ता बन्ने रहर अत्याधिक थियो । तेतिकैमा साथिहरूसँगको लहैलहैमा अनेरास्ववियुमा आबद्द भई संघठनको जिम्मेवारी पाएको थिए त्यसैको लागि आफ्नो जिल्लाको नेता भेट्न गएको थिए ।

पहिलो भेटमा नै म संघठनको नामबाट साथिहरूको विचारलाई समेटेर किताब प्रकाशन गर्दछु सहयोग गर्नुहोस् भने उहाँको सबै कुरा सुन्दा प्रफुल्लित बनेको थिए । उहाले आर्थिक रुपमा प्रकाशनको लागि उच्च माध्यमिक परिषदका तत्कालीन सदस्य सचिव रामबहादुर खड्कालाई भनिदिनुभयो प्रकाशनमा जम्मा लाग्ने खर्चको ४० प्रतिशत उहाँले ब्यहोर्ने सर्तमा दोलखा दर्शन नामक पुस्तक प्रकाशनगरी २०६४ भाद्रमा पुस्तक प्रकाशनगरी उहाँकै प्रमुख आतिथ्यतामा कोटेश्वर क्याम्पसमा बिमोचन गरियो । जुन कामले गर्दा दोलखाबाट कोटेश्वर क्याम्पसमा अध्ययन गर्न आउने बिद्यार्थीहरूलाई अनेरास्ववियुमा समेट्न सजिलो भएको र महत्त्वपूर्ण काम सम्झेर उहाँले हरेक गतिविधिमा ब्यक्तिगत रुपमा सम्झनु हुन्थ्यो ।

२०६४ को पहिलो संविधान सभा निर्वाचनमा धेरै चुनावी अभियानमासँगै हिडियो चुनावी परिणाम एमालेको पक्षमा आएन तत्कालीन माओबादीले साम, दाम, दण्ड सबै प्रयोग गर्‍यो । च्यामाको चुनावी अभियानको सभामा उहाँलगायत सम्पूर्ण एमाले नेता कार्यकर्तामाथि आक्रमण गर्‍यो केही साथिहरू घाइतेसमेत हुनुभयो उहाँलाई रातारात अर्को गाउँमा लगेर सुरक्षित राख्नुपर्ने अवस्था आयो । जिल्लामा रहेको हाम्रो रेडियोबाट अनावश्यक र मिथ्या खालका समाचार सम्प्रेशण गर्ने काम निरन्तर गरिरह्यो र अन्ततः चुनाव हार्नु पर्‍यो । त्यसबाट केही कुराको अभाव महशुस भएकोमा नेताहरू गहन छलफलमा लाग्नुभयो र जिल्लामा आफ्नो माताहतमा रेडियो सञ्चालन गर्ने पार्टीले महशुसगरी रेडियो शैलुङ हुराडेक नेपालको नामबाट सञ्चालन गर्ने निर्णय गर्‍यो जुन काम त्यती सस्तो र सजिलो थिएन ।

दोलखाबाट काठमाडौ आई विभिन्न पेशा र ब्यवसाय सञ्चानगरी बसोबास गर्ने पार्टीका समर्थक सुभचिन्तकहरूबाट सेयर रकम सङ्कलनगरी आर्थिक पक्ष जुटाउने अभियान अनुरुप नेताहरूले फोन गर्ने र त्यसको लागि सम्बन्धित ब्यक्तिसग भेटगरी रकम उठाउने कामको जिम्मेवारी मलाई तोकेको थियो जसको कारण म जिल्लाका आदरणिय नेताहरूको घरको सदस्य भन्दा नजिकको मान्छे बन्ने जुन शौभाग्य मैले पाई त्यसको श्रेय कमरेड पशुपति चौलागाईं, कमरेड आनन्द पोखरेल, कमरेड लालकुमार केसी र कमरेड शिव भण्डारी तत्कालीन जिल्लाको नेतृत्वलाई जान्छ । जवकी मलाई जहिले पनि दोलखामा यो नेतृत्व सधैं सँगसँगै रहोस् र पार्टी अगाडि बढोस भन्ने आश लाग्थ्यो र लाग्छ पनि । त्यो पछाडिको सबै नेतृत्व प्रति पनि उच्च सम्मान तथा हार्दिक नमन गर्दछु । जसले गर्दा म आदरणिय नेता पशुपति चौलागाईंको घरको सदस्य जतिको एक कार्यकर्ता हो ।

दोस्रो महत्त्वपूर्ण अवस्थामा । २०६९ सालमा म अनेरास्ववियु दोलखा काठमाडौ सम्पर्क कमिटिको अध्यक्ष भई सकेपछि बधाई दिन घरमा बोलाउनु भयो र उहाँले संघठन सञ्चालन परिचालन र ब्यवस्थापनमा नेतृत्व भइसके पछि कसरी ध्यान दिने भन्ने बारेमा दिनु भएको सल्लाह अहिले पनि झल्झलि सम्झनामा छ र मैले जिल्लाका सबै नेतालाई समान सम्मान र व्यवहार झल्कनेगरी विभिन्न कार्यक्रमहरू गरेको थिए जस्तो लाग्छ । २०६८ को प्रवेशिका परीक्षा पासगरी काठमाडौं उच्च शिक्षा अध्ययनको लागि आउने बिद्यार्थी सम्मान कार्यक्रमको प्रमुख अतिथिको रुपमा उहाँलाई निमन्त्रणा गरेको थिए कार्यक्रमको दिन बिहानै उहाँ अस्वस्थ भई वेलकेयर सेन्टर बाँसबारिमा हस्पिटल भर्ना हुनुभयो । उहाँको नामबाट प्रमाणपत्र छपाईएको थियो ।

उहाँकै हस्ताक्षर गर्नुपर्ने भयो र म हस्पिटल गई हस्ताक्षर गराई कार्यक्रमको प्रमुख अतिथि कमरेड आनन्द पोखरेल हुनुहुन्छ भने उहाँले यो बाड्नु हुन्छ त भन्नू भयो मैले कमरेड आनन्द पोखरेलसँग सल्लाह गरिसकेको थिए बाड्नु हुन्छ । उहाँसगको सल्लाहमा नै गरेको छु भने । त्या उहाँले आनन्द पोखरेल प्रति गर्ने आदर र भन्नू भएको शब्दहरू शुन्दा बाहिरी हल्लामा आएका कुराहरू भन्दा साच्चै हृदय भित्रको आत्मियता देखिथ्यो ।

साच्चै उच्च सम्मान देखिन्यो जुन कुराहरू पछिल्लो समय पार्टीको केन्द्रीय नेतृत्वमा देखिएको समस्याले गर्दा नेता कार्यकर्ताहरूमा बिभाजित हुने अवस्था आयो तर पनि कमरेड पशुपति र कमरेड आनन्दको बीचमा यो समस्या जिल्लामा सकेसम्म समाधान गर्नुपर्छ भन्ने भावबाट नै गर्नुहुन्थ्यो र चलायमान पार्टी बनाउन र कार्यकर्ताको संरक्षण कमरेड आनन्द बिना फिक्का रहन्छ भन्नुहुन्यो ।

पछिल्लो पटक गत माघमा उहाँको जन्मदिनको अवसर पारेर मैले फोन गरेको थिए । जन्मदिन मनाउनु पर्‍यो अंकल तामाकोसी रेष्टुरेन्टमा आउनु भनेर । तर, उहाँ प्रदेश राजधानी हेटौँडा जानू भएको रहेछ । म जन्मदिन मनाउन चाहीँ आउदिन फर्केपछि तेरो रेष्टुरेन्टमा आएर कफि खान्छु भन्नू भयो र नभन्दै ३, ४ दिनपछि तामाकोसी रेष्टुरेन्टमा फोन गरेर आउनु भयो । ३० मिनेट कफि खादै एकछिन गफ भएको थियो त्यस समयमा पनि पार्टीमा देखिएको समस्याले चिन्तित हुनुहुन्थ्यो । तर, पनि भन्नुहुन्यो अन्ततः पार्टी एक हुनको बिकल्प छैन । अहिले जुन ठाउँमा लागेका छौ लागन भन्नुहुन्थ्यो । अब त्यो भन्ने स्वर र तपाईंको पार्टी प्रतिको चिन्ता अनि हामीलाई दिने त्यो उर्जाशिल भनाई कहिल्यै नआउनेगरी बिदा हुनु भयो । हार्दिक श्रद्धाञ्जली अंकल ।

यसमा तपाइको मत

अन्य समाचार