दमक,
वैशाख २८ ।
देशभर कोरोनाको संक्रमण दिन दिनै बढीरहेको छ, यसैगरी प्रदेश न १ को दमकमा पनि संक्रमण बढी रहेको छ । दमकमा संक्रमण बढिरहेको बेला अहिलेको अवस्थामा दमकमा अग्रभागमा खटिरहेका दमकका प्रहरीहरूलाई दमकका युवा ब्यबसायीहरूले मास्क र सेनीटाइजर वितरण गरेको छ ।
अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बु, ब्याबसायी तान्छोहाङ आङदेम्बे, धिरेन आङ्गबुहाङ लिम्बु र रन्जन राईले मंगलबार दमक प्रहरी कार्यालयमा गएर दमक इलाका प्रहरी कार्यालयका प्रमुख नवराज कार्की र प्रहरी निरीक्षक अनिल माबोहाङलाई मास्क ११ सय थान, सेनीटाइजर ७९ थान र पन्जा १ सय थान हस्तान्तरण गर्नुभएको छ ।
अलो इञ्जिनियरिङ्ग इन्टनेशनलका अध्यक्ष प्रकाश आङ्गबुहाङ लिम्बुले मास्क, सेनीटाइजर र पन्जा हस्तान्तरण गरिसकेपछि अग्रभागमा खटिरहेका दमकका सुरक्षाकर्मीलाई यो सानो सहयोग गर्न पाउदा खुशी लागेको बताउनुभयो । उहाँले फेरि पनि प्रहरी र अग्रभागमा काम गर्ने स्वास्थ्यकर्मीहरूलाई सहयोग गर्ने बताउनुभयो ।
दमक इलाका प्रहरी कार्यालयका प्रमुख नवराज कार्कीले मास्क, सेनीटाइजर र पन्जा सहयोग गनुभएका प्रकाश आङ्गबुहाङ लिम्बु, ब्याबसायी तान्छो आन्ग्देम्बे, धिरेन आङ्गबुहाङ लिम्बु र रन्जन राईलाई धन्यबाद दिनुभएको थियो ।






