✍️ शंकर सेडाइ
चितवन,
वैशाख २८ ।
म के लेखु ?
पसिनाले लत्पतिएको फरियाको सप्कोले मुख पुछ्दा मुहारमा देखिने ती चमक हुन उनी
आफ्नो धोती च्यातेर कट्टु लगाईदिने ती इज्जत हुन उनी
गाली गरि गरि खाना खुवाने ती भोक हुन उनी
तिर्खा लाग्दा सर्बत दिने ती घोल हुन उनी
सामुन्ने गाली गरि भगवानसँग खुशी माग्दिने ती प्रार्थना हुन उनी
सबले कमजोर बनाउदा मनोबल बढाईदिने ति बिश्वास हुन उनी
आफ्नो दुख लुकाएर सन्तान सुख खोज्दै हिड्ने ती खुशी हुन उनी
खै के लेखु म ?
फुटेका ती खुटाका कुर्कुच्चाहरु लेखु कि, खिएका ती हातका आउलाका नङहरू…
झरेका ती दातहरू लेखु कि, मायाका डल्लाहरू कलेटी परी बसेका ती ओठहरू लेखु ?
बालापनको अपरिपक्वतालाई औला समाई परीपक्व बनाउने ती मज्बुज्ती लेखु या बेैँशको लापरबाहीलाई सच्याईदिने ती शब्दहरु लेखु ?
एक्छिन आफ्नो सन्तान नदेख्दाको त्यो छटपटी लेखु या सन्तान सुखमा झरेका ती आसुका थोपा लेखु ?
के लेखु ?
उनको मायालाई दाँजु या ती मायालाई भाँजु ?
आमा शब्द नै यति गरुङ्हो छ सायद ताज बनाएर शिरमा राख्दा मात्र त्यो अडिनेछ ।
आमाको मुख हेर्ने औशी अर्थात माता तिर्थ औशीको धेरै धेरै हार्दिक शुभकामना !






