काठमाडौं,
वैशाख २४ ।
प्रविशा अधिकारी र गायक सुभाष पुरीको स्वरमा रहेको गीत ‘सामिप्यता’ सार्वजनिक भएको छ । टीआर गौडेल र दीपक आइडीको शब्द, दीपक आइडीकै सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा प्रथम क्षेत्री र नेहा गुरुङको अभिनय देख्न सकिन्छ । बेलायत निवासी फत्ता थापा निर्माता रहेको गीतको भिडियो प्रथमले नै निर्देशन गरेका छन् । भिडियोमा उत्सव दाहालको छायाँकन र सिलन लम्सालको सम्पादन छ ।






