आजको मौसम पूर्वानुमान: केही भू-भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं,
वैशाख २१ ।

मौसम पूर्वानुमान महाशाखाले मंगलबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली, दक्षिण भूभाग नजिक विकसित भएको न्यून चापीय क्षेत्र तथा बंगालको खाडीको जल वाष्प युक्त हावाको प्रभाव रहेको उल्लेख गरेको छ ।

आज बिहान देशको प्रदेश २ र प्रदेश १ मा सामान्यदेखि पूर्ण बदली रहेको छ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको तथा प्रदेश २ र प्रदेश १ का केही भू-भागमा मेघगर्जन र चट्याङ सहित वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र प्रदेश २, लुम्बिनी, र सुदुरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै पहाडी भू-भागका केही स्थानहमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, आज राति पहाडी भू-भागका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदली र बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने र केही स्थानमा मेघगर्जन, चट्याङ तथा हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार