आजको मौसम: केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाडौं,
वैशाख २० ।

मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गर्दै हाल देशभर मौसम बद्ली भएको जनाएको छ । हिजो अस्तिदेखि नै मौसम बद्ली भएको र आज पनि मौसम सफा नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज विशेषगरी प्रदेश-१ सहित पहाडी केही ठाउँ र प्रदेश-२ तथा ५ का थोरै ठाउँमा पूर्ण बद्ली र बाँकी अरु ठाउँमा आंशिक बद्ली रहेको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि मौसम बद्लीकै अवस्थामा रहेकाले बेलुकापख पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । अहिले पश्चिमी न्यूनचापीय प्रणालीसहित दक्षिणी क्षेत्र नजिक विकसित भएको न्यूनचापीय क्षेत्र र बंगालको खाडीको जल वाष्पयुक्त हावाको प्रभाव रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार