बढ्दो कोरोना संक्रमण र हाम्रो दायित्व

✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
वैशाख २० ।

दोस्रो लहरको कोरोना भाईरसको संक्रमण दिनानुदिन बढ्दो छ । सरकार र सम्वन्धित पक्षहरू कोरोना भाइरस नियन्त्रमा ल्याउन आफ्नो क्षमताले भ्याएसम्म लागि परिरहेका छन् । सवै भन्दा पहिला आफू सुरक्षित हुने र अरुलाई सुरक्षित गर्ने बानी हामी सवै नेपालीहरूले गर्ने गरौं । हामी आफैँ सुरक्षित हुँदा अरु पनि स्वत सुरक्षित हुन्छन । यो कुरा सवैले बुझन जरुरी छ । अहिले कोरोना भाइरस माहामारीका रुपमा देखिएको छ । यस्तो बेलामा आफनो घर बाहेक अरु कुनै ठाउँमा जाने काम कसैले नगरौ । घर भित्र पनि सामाजिक दुरी कायम गरेर बसौं । किनकी घरभित्र पनि सुरक्षित नहुन सक्छ । एक आपसमा सुरक्षित रहेर बसौं ।

कोरोना भाइरस कहिले नियन्त्रमा आउँछ त्यो कुनै ठेगान छैन । तर, आशा गरौं यो दोस्रो लहरको कोरोना भाइरस चाडै नियन्त्रमा आउँछ भनेर । यसलाई चाडो नियन्त्रमा ल्याउने भनेको तपाईं हाम्रो अनुशासनमा भर पर्दछ । सरकारले तोकेको स्वास्थ्य मापदण्ड सवैले पालना गर्ने र गराउने काम गरौं । त्यसो भयो भने मात्र कोरोना भाइरस छिटो नियन्त्रमा आउँने छ । हामी आफैँ अनुशासनमा बस्ने बानी बसाल्यौं भने घर भित्र अनुशासन हुन्छ । घरभित्र अनुशासन भयो भने त्यसले समाजलाई अनुशासनमा राख्छ । समाज अनुशासित भयो भने सवै अनुशासित हुँदै जान्छन ।

कसैको कुरा कसैले नसुन्ने र आफू भन्दा ठूलो समाजमा अरु कोही छैन भन्ने दम्भ देखाउने बानी छाडेनौं भने कसैलाई फाइदा हुनेछैन । त्यसले आफूलाई र समाजलाई नै नोक्सानी पुर्‍याउने छ । आज जसरी कोरोना भाइरस संक्रमितको सङ्ख्या जुन किसिमले दिनौं जसो बढी रहेको छ यो एउटा खतराको सङ्केत हो । कोरोना नेपाल भित्रनु भन्दा पहिला तपाईं, हामीले गरेको अटेरी र हेलचेक्याइको परिणाम हो यो । सरकारलाई मात्र गाली गरेर हुँदैन, सवै भन्दा पहिला तपाईं हामीले सचेतना र सतर्कता अपनाउने हो । आफूले केही नगर्ने दोष सरकार माथि पोखेर मात्र हुँदैन । नागरिकमा अटेरि पन बढी भयो । अहिले देशका बिभिन्न ठाउँमा निषेधाज्ञा जारी छ । तरपनि नागरिक त्यो निषेधाज्ञाको पालना गर्न आनाकानी गर्छन । सडकमा ननिस्कौं कोही पनि भन्दा मान्दैनन् ।

गाडीमा, मोटर साइकलमा प्रेस लेखेर पुलिसको आखाँ छल्नेहरूको जमात पनि धेरै नै देखियो । यसरी प्रेसको नाम दुरुपयोग गरेर धेरै मानिस हिडिरहेका छन् । त्यसैले गर्दा सरकारले अव प्रेसलाई पनि कडाई गर्ने नीति ल्याएको छ । सूचना बिभागको प्रेसपास बाहेक अरु मान्य नहुने कुरा आएको छ । यस्तो हुनुको कारण के हो भने प्रेसको नाममा भिडभाड बढेकोले हो । यो तपाईं हाम्रो हितको लागि हो । प्रेसपासको दुरुप्रयोग हुन दिनु हुँदैन । यसले राम्रो सङ्केत दिदैन । सूचना बिभागको प्रेसपास भएका पत्रकारलाई मात्र आवतजवातमा रोक लगाउनु हुँदैन । अरु सवैलाई ठेगान लगाउनुपर्छ । अनाबश्यक रुपमा घर वाहिर निस्किनेलाई कारवाही गर्ने काम गरौं । त्यसो भयो भने कोही पनि बाहिर निस्कदैन । कोही पनि बाहिर ननिस्के पछि भिडभाड हुने कुरै भएन ।

कोरोना भाईरसलाई नियन्त्रणमा ल्याउने उत्तम उपाय भनेकै यही हो यो भन्दा अर्को कुनै बिकल्प छैन । एक ब्यक्तिवाट अर्को ब्यक्तिमा सर्ने प्राणघातक रोग हो यो कोरोना भाइरस । त्यसैले कसैले यो रोगको खेलवाड गर्नु हुँदैन । आफू सुरक्षित रही अरुलाई पनि सुरक्षित बनाउने कोशिस सवै नागरिकले गरौं । धेरैलाई कोरोना भाइरससंग जुधेर बिजयी हासिल गर्नुपरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार