‘माया मारिछ्यौ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख १९ ।

शरण हुमागाईं र रविना परियारको स्वरमा रहेको लोकदोहोरी गीत ‘माया मारिछ्यौ’ सार्वजनिक भएको छ । एक अर्काबाट टाढा भएको वियोगान्त कथा समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

एकले अर्कालाई आरोप लगाउँदै विछोडिनु परेको कथा पर्दामा उर्तान नमराज हुमागाईं, रविना परियार, लुलु नेपाल र कल्पना तिमल्सिनाले निकै नै मेहनत र उत्कृष्ट अभिनय गरेका छन् । शरण हुमागाईंकै शव्द अनि विष्णु तामाङको लय/एरेन्ज रहेको छ ।

शरण हुमागाईं अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको यो गीत एक्सन स्टुडियो नेपालमा रेकर्ड भएको हो । शरण हुमागाईंकै निर्देशनमा पर्यटकिय नगरी नगरकोटमा दृश्यांकन गरिएको यो गीतको भिडियोलाई सिमली मिडियाले सम्पादन गरेको हो ।

यसमा तपाइको मत

अन्य समाचार