काठमाडौं,
वैशाख १९ ।
प्रतिक पौडेलको स्वरमा रहेको गीत ‘एउटा गीत’ सार्वजनिक भएको छ । प्रतिककै शब्द, सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
शिशिर खातीको निर्र्देशन रहेको गीतको भिडियोमा मनिष श्रेष्ठ र आरजु बैजुको अभिनय छ । भिडियोमा आफूले मन पराएकी सुन्दरी आरजुसँग बिताएका रमाइला पलहरूका मिठा मिठा क्षणलाई मनिषले यात्राको क्रममा कल्पना गरेका दृश्य लाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
शंकल भुजेलको छायांकन रहेको भिडियोको सम्पादन बनिश शाहले गर्नुभएको छ । भिडियो फ्ल्याग अन क्राफ्ट स्टुडियोमार्फत सार्वजनिक गरिएको हो ।






