लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलद्वारख राजीनामा

काठमाडौं,
वैशाख १९ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिनुभएको छ । उहाँले प्रदेश प्रमुखको कार्यालयमा राजीनामा पेश गर्नुभएको हो ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको पुष्टि गर्नुभयो ।

उहाँले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । उहाँको राजीनामा स्वीकृत गर्नेरनगर्ने भन्नेबारे प्रदेशप्रमुखले निर्णय गर्नेछन् ।

संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बन्नुभएका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा बुझाउनुभएको हो । संविधानको धारा १६९ को १ अनुसार राजीनामा बुझाइएको राजीनामापत्रमा उल्लेख छ ।

विपक्षीको निवेदनको आधारमा आज विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलको राजीनामा आएको हो । यससँगै लुम्बिनीमा नयाँ सरकार गठनको बाटो खुलेको छ ।

दाङ क्षेत्र नम्बर २ (क)बाट प्रदेशसभा निर्वाचनमा विजयी पोखरेल २०७४ फागुनमा मुख्यमन्त्री बन्नुभएको थियो । उहाँविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उहाँविरुद्धको अविश्वासको प्रस्ताव आज दिउँसो १ बजे प्रदेश सभामा छलफल हुने कार्यसूचि थियो ।

यसमा तपाइको मत

अन्य समाचार