काठमाडौं
वैशाख १८ ।
शनिबार थप पाँच हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ९६९ जनाका पिसिआर र ५६६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा पाँच हजार ७६३ जनालाई संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा संक्रमित हुनेको सख्या तीन लाख २८ हजार ८९३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ४३ हजार २१३ पुगेको छ ।
यस्तै शनिबार देशभर थप एक हजार २८७ जना संक्रमण मुक्त भएका छन् । योसँगै हालसम्म दुई लाख ८२ हजार ३८२ जना संक्रमणमुक्त भएका छन् ।
देशभर हाल पाँच सय बढी कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन् । ४०१ आइसियु र ११० जना भेन्टिलेटरमा गरी ५११ जना बिरामी उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार २९८ पुगेको छ ।






