काठमाडौं,
वैशाख १५ ।
थप चार हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १३ हजार ८७९ पिसिआर र ९८८ एन्टिजेन विधिबाट गरिएको नमुना परीक्षणको नतिजामा कुल चार हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर कुल कोरोना संक्रमितको संख्या तीन लाख १२ हजार ८२२ पुगेको छ । यीमध्ये ३० हजार २०९ जना सक्रिय संक्रमित छन् ।
बुधबार काठमाडौंमा एक हजार ४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना गरी उपत्यकामा दुई हजार ४७ जना संक्रमित थपिएका छन् ।
यस्तै बुधबार इलाममा तीन, उदयपुरमा दुई, खोटाङमा दुई, ओखलढुंगामा एक, झापामा ४०, ताप्लेजुङमा १३, धनकुटामा एक, मोरङमा १२८, सुनसरीमा ४९, धनुषामा ५३, पर्सा १२३, बारामा ४१, महोत्तरीमा १७, रौतहटमा २३, सप्तरीमा सात, सर्लाहीमा १०, सिरहामा १७, काभ्रेपलाञ्चोकमा ५०, चितवनमा १४७, दोलखामा ६, धादिङमा २२, नुवाकोटमा २५, मकवानपुरमा चार, रसुवामा एक, रामेछाप आठ, सिन्धुपाल्चोकमा १७, सिन्धुलीमा आठ, कास्कीमा १८२, गोरखामा ६१, तनहुँमा १५, नवलपरासी पूर्वमा १८, पर्वतमा ११, मुस्ताङमा एक, म्याग्दीमा १३, लमजुङमा एक, बागलुङमा २१, स्याङजामा २१, अर्घाखाँचीमा २०, कपिलवस्तुमा ४६, गुल्मीमा १८, दाङमा १८०, नवलपरासीमा २८, पाल्पामा २८, प्युठानमा आठ, बर्दियामा २८, बाँकेमा ३२८, रुकुम पूर्वमा पाँच, रुपन्देहीमा ४३४, रोल्पामा नौ, कालिकोटमा पाँच, जाजरकोटमा आठ, जुम्लामा आठ, डोल्पामा एक, दैलेखमा पाँच, मुगुमा दुई, रुकुम पश्चिममा तीन, सल्यानमा पाँच, सुर्खेतमा १३२, अछाममा दुई, कञ्चनपुरमा २४, कैलालीमा १९४, डडेल्धुरामा १२, डोटी दुई, दार्चुलामा एक, बझाङमा दुई , बाजुरामा एक, र बैतडीमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमितहरूमध्ये देशभरका विभिन्न अस्पतलाको आइसियूमा ३१७ जना र भेन्टिलेटरमा ९७ जना उपचाररत छन् । यस्तै पछिल्लो समय थप ७७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ७९ हजार २७९ पुगेको छ । निको हुने दर ८९.३ प्रतिशत छ ।
बुधबार थप १७ जना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै हालसम्म मृत्यु हुने संक्रमितको संख्या तीन हजार २११ पुगेको छ ।






