‘मेरो शैलुङ गाउँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
वैशाख ८ ।

‘मेरो शैलुङ गाउँ’ बोलको गाउँ चिनारी गीत सार्वजनिक गरिएको छ । रचना रिमालको आवाजमा रहेको गीतको भिडियो राजधानी काठमाडौँमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा तेजेन्द्र गुरुङको सङ्गीत तथा शव्द प्रेम गुरुङको छ । भिडियोमा सरस्वती धिमाल र नेशन सुस्लिङको कोरियोग्राफी छ ।

भिडियो सार्वजनिक कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहाल प्रमुख अतिथी, निर्देशक शोभित बस्नेत, चलचित्र पत्रकार संघका सचीव रघुनाथ सापकोटा, कलाकार शेर बहादुर तामाङ, निर्देशक खिल गुरुङ, गायक राज सागर लगायतको उपस्थिती थियो ।

ग्लोबल नेपाल इन्टरटेन्टमेन्टले निर्माण गरेको भिडियोमा पुनम गुरुङ, उर्मिला गुरुङ र प्रेम गुरुङ फिचर्ड हुनुहुन्छ । भुपेन्द्र गुरुङले निर्देशन गरेको भिडियोलाई रवीन थापा मगरले छायाँकन र बन्दे प्रसादले सम्पादन गर्नुभएको छ । भिडियो सार्वजनिक कार्यक्रममा बोल्दै अतिथिहरूले भिडियो सफलताको कामना गर्नुभयो । गीतले शैलुंङ गाउँको चर्चा गरेको छ । भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्टको अफिसियल च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार