बैकुण्ठ र शितलको स्वरमा ‘पिरतीमा ए प्लस’ (भिडियोसहित)

काठमाडौं,
वैशाख ४ ।

बैकुण्ठ महत र शितल शर्माको युगल स्वरमा रहेको गीत ‘पिरतीमा ए प्लस’ सार्वजनिक भएको छ । रमेश बिजीको शब्द सिर्जना, महतकै लय र कृष्ण बिक ‘भाञ्जा’को सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

मौसम हिमालीको निर्देशन रहेको गीतको भिडियोमा नायिका अञ्जली अधिकारीको साथमा अर्जुन गौतमको अभिनय रहेको छ । मनोज कार्कीको सम्पादन रहेको भिडियोमा करण चैसिरको छायाँकन छ ।

भिडियो शितल शर्माको युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको छ । गीतले क्याम्पस जीवनमा किशोर किशोरीबीच हुने प्रेमलाई उठाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार