काठमाडौं
चैत २९ ।
राष्ट्रिय लोकदोहोरी अवार्ड सातौ संस्करणका लागि फारम खुल्ला गरिएको छ । ‘अग्रजलाई सम्मान, नव प्रतिभालाई प्रोत्साहन’ भन्ने मूल नारासहित राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिती काठमाडौंको आयोजनामा हुन गईरहेको सातौं राष्ट्रिय लोक दोहोरी अवार्ड-२०७८ को फारम खुल्ला भएको हो ।
अवार्ड समारोह नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा आगामी जेठ २९ गते सम्पन्न गर्ने तय गरिएको आयोजक कमिटीका अध्यक्ष सुजन लम्सालले जानकारी गराउनुभयो ।
यसका लागि २०७८ बैशाख २० सम्म फारम खुल्ला गरिएको छ । २०७६/२०७७ सालका गीत अवार्डमा समावेश गर्न सकिने आयोजक पक्षले जनाएको छ । बिभिन्न बिधाका ३३ वटा बिधामा अवार्ड बितरण गर्न लागिएको छ ।






