काठमाडौं,
चैत २० ।
शिवपुरी अध्यक्ष गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत बिहीबारको खेलमा विदुर नगरपालिका, बेलकोटगढी नगरपालिका र सूर्यगढी गाउँपालिका विजयी भएका छन् ।
पहिलो खेलमा विदुर नगरपालिकाले किस्पाङ गाउँपालिकालाई २-० गोलले पराजित गर्यो । विदुर नगरपालिकाका लागि सन्तोष थापाले पहिलो हाफमा गरेको दुई गोल नै जितका लागि पर्याप्त रह्यो । उनले खेलको ३३ औं र पहिलो हाफको थप गरिएको समयमा गोल गरे । उनी नै खेलको म्यान अफ द म्याच भए । यो जीतसँगै विदुर नगरपालिकाले समूह डी को खेलमा तीन अंक जोडेको छ ।
त्यसैगरी दोस्रो खेलमा बेलकोटगढी नगरपालिकाले लिखु गाउँपालिकालाई ३-० गोल अन्तरले हराउन सफल भयो । बेलकोटढीको जीतमा अशोक नेपालले दुई गोल गरे । उनले २८ औं र ५२ औं मिनेटमा गोल गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । अर्को गोल बिकेश लामाले निर्धारित ७० मिनेटपछि थप गरिएको समयमा गोल गरे । यो जीतसँगै बेलकोटगढीले समूह बी को खेलमा तीन अंक जोडेको छ ।
त्यसैगरी बिहीबारको तेस्रो खेलमा सूर्यगढी गाउँपालिकाले ककनी गाउँपालिकालाई ४-३ गोल अन्तरले पराजित गरेको छ । खेलमा सुरुवाती अग्रता भने ककनी गाउँपालिकाले लिएको थियो । खेलको ३० औं मिनेटमा विश्वास तामाङले गोल गर्दै ककनीलाई अग्रता दिलाए । तर, त्यसको दुई मिनेटपछि सूर्यगढीका निशान श्रेष्ठले बराबरी गोल गरे ।
३६ औं मिनेटमा सूर्यगढीका कप्तान कुमार तामाङले फ्रि किक मार्पmत् सुन्दर गोल गर्दै आप्mनो टिमलाई अग्रता दिलाए । त्यसपछि निशान श्रेष्ठले ४४ औं मिनेट र रञ्जित तामाङले ४७ औं मिनेटमा गोल गर्दै सुर्यगढीलाई ४ १ को अग्रता दिलाए ।
त्यसपछि खेलमा फर्किन कोशिस गरेको ककनीका लागि सुशिल तामाङले खेलको ६८ औं मिनेट र सुरज श्रेष्ठले थप गरिएको समयमा गोल गरे पनि हार टार्न सकेनन् र खेल सूर्यगढीले ४–३ ले जित्न सफल भयो । खेलमा निशान श्रेष्ठ म्यान अफ द म्याच घोषित भए । यो जीतसँगै बेलकोटगढीले समूह बी को खेलमा तीन अंक जोडेको छ ।






