काँग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाडौं,
चैत १३ ।

नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । कांग्रेस केन्द्रीय सदस्य, पूर्वमन्त्री र पूर्वसांसद समेत रहनुभएका जोशीको शुक्रबार राति निधन भएको हो । मष्तिस्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहनुभएका जोशीको शुक्रबार राति ८ः२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिनुभएको छ ।

‘शुक्रबार विहानदेखि उहाँको मुटुको चाल चल्दै बन्द हुँदै गरिरहेको थियो, समस्या समाधानका लागि चिकित्सकको टोली प्रयासरत थिए’ उहाँले भन्नुभयो ‘ तर असम्भव भयो ।’ फागुन १४ गते घरमै स्वास्थ्य समस्या देखिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो । वीरले उनलाई नर्भिकमा रेफर गरेको थियो ।

यसमा तपाइको मत

अन्य समाचार