‘मिक्वा चुरु चुरु…’ सार्वजनिक (भिडियोसहित)

ललितपुर,
८ चैत ।

तमोर फिल्मस् प्रा.लि. र यल्लिउड इन्डष्ट्रीजको प्रस्तुतिमा निर्माण भएको ‘मिक्वा चुरु चुरु….’ (आँशु तपतप) सार्वजनिक भएको छ । परदेशिनु पर्दाको वियोगलाई समेटिएको गीतको भिडियो सार्वजनिक भएको हो ।

एकान्त आङ्देम्बे र सुनिता थेगिमको स्वर रहेको गीतको रचना र सङ्गीत पविन आङ्देम्बेले गर्नुभएको छ । टेकेन्द्र यक्सोको एरेञ्ज रहेको गीतको भिडियोको लागि सुमन शंकरको श्रृङ्गार, मेघराज मगरातीको छायांकन, उत्सव दाहालको सम्पादन, हाङ चेम्जोङलको निर्देशक छ ।

सार्वजनिक भिडियोमा रुद्र पाहिम, पुष्पाञ्जली तिल्लिङ मादेनलगायत र बालकलाकार एसेप्ट तिगेला हुनुहुन्छ । भिडियो तमोर फिल्मस्को च्यानलमार्फत सार्वजनिक भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार