काठमाडौं,
चैत ३ ।
गायक तथा सङ्गीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा बुधबार साँझ गुञ्जिने भएका छन् । पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुृक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा काली आफ्नो व्याण्डसहित गुञ्जन लागेका हुन् ।
कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका हुन् । ‘दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउदैछु । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’, कालीले भने ।
कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरूमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दश बढी गीत गाउनेछन् ।






