काठमाडौं,
फागुन २८ ।
सामुदायिक रेडियो प्रशारक संघ (अकोराब)को केन्द्रीय अध्यक्षमा दाङका अर्जुन गिरी निर्वाचित हुनु भएको छ । बिहिबार काठमाडौंमा भएको सातौं राष्ट्रिय अधिबेशनबाट गिरी १६१ मतका साथ विजयी हुनुभएको हो ।
जम्मा खसेको एक सय ७८ मत मध्ये गिरीले एक सय ६१ मत प्राप्त गर्नु भएको हो । उहाँका प्रतिद्वन्दी कपिलदेव खनालले १४ मत मात्र प्राप्त गर्नुभयो । गिरी यसअघि संघको वरिष्ठ उपाध्यक्ष र दाङस्थित रेडियो तुलसीपुरका स्टेशन म्यानेजर हुनुहुन्छ ।
अरु बाँकि सबै पदमा निर्विरोध भएको छ । वरिष्ठ उपाध्यक्षमा बिष्णुदत्त अवस्थी, महिला उपाध्यक्ष बन्दना दनुवार, समावेशी उपाध्यक्षमा भुवन सिंह, निमेष कर्ण र मिलन गाहा, महासचिवमा किशोरजंग थापा, कोषाध्यक्षमा सरोज पौडेल र सचिवमा सुदर्शन खतिवडा निर्विरोध निर्वाचित हुनुभएको छ । त्यस्तै सातौं अधिवेशनबाट केन्द्रीय सदस्य र प्रदेश कमिटी पनि निर्विरोध चुनिएका छन् ।






