काठमाडौं,
फागुन२३ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम ऋषि कट्टेलले पाएका छन् । तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता हुँदा निर्वाचन आयोगमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाममा नयाँ पार्टी दर्ता भएको थियो ।
आफ्नो पार्टीको नाम राखिएको भन्दै कट्टेल अदालत गएका थिए । आज सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले ऋषि कट्टेलकै नेकपालाई सदर गरिदएको हो । योसँगै एमाले र माओवादीबीच एकीकरण भएर दर्ता भएको नेकपा खारेज भएको छ ।
नेकपाबीच पार्टीको आधिकारिकताका विषयमा विषयमा निर्वाचन आयोगमा मुद्दा चलिरहेका बेला अदालतको यस्तो फैसला आएको हो ।






