नमोबुद्ध गुठि हस्तान्तरण

काभ्रे,
फागुन २१ ।

नमोबुद्ध नगरपालीका-११ मा रहेको नमोबुद्ध भगवा घ्याङ हस्तान्तरण गरीएको छ । लामाहरूको ध्यान गर्ने उक्त स्थानमा रहेको भगवा घ्याङ गुठि मुख्य पूजारीलाई हस्तान्तरण गरिएको हो ।

जिल्लाकै प्रसिद्ध र पर्यटकीय नगर भनेर परिचित भएको स्थानका परा पूर्वकाल देखिनै लामाहरूको ध्यान गर्ने र लामा पढने ठाउँको गुठि लामाहरूको मुख्य पूजारी लाई ऐन विनियमको व्यवस्था बमोजिम पूजारी नियुक्ति गर्न र महन्त पूजारीलगायत जनशक्ति व्यवस्थापन निर्देशिका ०७७ बमोजिम पूजारीको सानुकान्छा लामालाई बुधबार नियुक्ति गरिएको छ ।

नमोबुद्ध भगवान घ्याङ गुठिको साबिक पूजारी सोनाम ग्वाल्बो लामाको ०७७साल मंसिर २६ गते परलोक भएको र उक्त पद खाली रहेको स्थानमा कान्छा लामालाई नियुक्ति गरिएका हो । साबिकदेखि पूजारी पोष्टमा कान्छा लामालाई गुठिको काम कर्तव्य गर्न र पूजारीको जिम्मामा रहेको जिन्सीलगयत सरसामानहरू जिम्मा रहनेगरी परम्परा अनुसार पूजा पाठआजा निरन्तरताका साथ गर्नको लागी कान्छा लामा पूजारी बनाइएको राष्ट्रिय युवा संघ नेपालका सह कोषाध्यक्ष राकोश लामाले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार