काठमाडौं,
फागुन १९ ।
साहित्यकार सुरेन्द्र अमरको २८ औं कृति ‘छाया’ गीतिएल्बम सार्वजनिक भएको छ । ओएस नेपालको आयोजनामा एवम् राईजिङ कृयटिभको प्रस्तुतिमा राजधानीमा एक समारोहबीच छायाँ गीतिएल्बम सार्वजनिक भएको हो ।
एल्बमभित्र मेलिना राई र प्रदिप ग्लानको स्वर रहेको ‘म भन्दा नि’, मिलन नेवार र दीपक लिम्बुको स्वर रहेको ‘फेसबुकमा लेखूँ कि टुइटरमा लेखूँ’, प्रदिप ग्लानको स्वर रहेको ‘आँसु झर्दा पुछिदिने’, रिता के. सी. को स्वर रहेको ‘थाहै नपाई’, आर्यन खत्री र सङ्गीता रायमाझीको स्वर रहेको ‘तिम्रो कसम’ र लुमा स्याङ्ग्बोको स्वर रहेको ‘रमझम रमझम लाग्छ तिमी साथ हुँदा’ गरी ६ वटा गीत रहेका छन् ।
गीतमा राम कार्की, पुष्कर सुनुवार, राजकुमार र सविन लिम्बुले सङ्गीत दिनुचएमने छ भने पुष्कर सुनुवार, राम कार्की, टंक बुढाथोकी, बुद्ध सायमी आदिले सङ्गीत संयोजन गर्नुभएको छ । एल्बम विमोचन कार्यक्रममा गायक प्रदिप ग्लानले म भन्दा नि-३ को गीत गाएर मनोरञ्जन गराउनुको साथै एल्बमको बारेमा मन्तव्यसमेत व्यक्त गर्नुभएको थियो ।
समारोहमा पत्रकारहरू कविराज बुढाथोकी, तुलसी गिरी ‘भावुक’, बिकाश आचार्य, यमन पौडेल, पासाङ तामाङ र राजु श्रेष्ठका साथै सङ्गीतकारहरू सन्तोष श्रेष्ठ, विनोद श्रेष्ठलगायतले सर्जक सुरेन्द्र महर्जन ‘अमर’ को कृतिबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । यसैगरी कार्यक्रमको आयोजक संस्था ओएस नेपालको तर्फबाट विवेक कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।






