पाँचौ र्‍याली अफ होप सम्पन्न, चुनौतिहरूलाई सबै मिलेर सम्वोधन गर्नु पर्नेमा जोड

काठमाडौं,
फागुन १८ ।

संयुक्त राष्ट्रसंघ अन्तर्गत अन्तर्राष्ट्रिय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक संगठनको महापरामर्सदाताको हैसियत प्राप्त अन्तर्राष्ट्रिय संस्था यूनिभर्सल पीस फेडेरेसनले य पाँचौ र्‍याली अफ होप सम्पन्न गरेको छ । कोभिड १९ ले सृजना गरेको स्वास्थ्य प्रोटोकलका कारण अनलाइन आयोजना गरिंदै आएको र्‍याली अफ होपको यस श्रृङ्खलामा शान्तिको साझेदारीलाई टेवादिनका लागि विश्व नेताहरू तथा नागरिक समाजका अगुवाहरु आवहान गरेका छन् । कार्यक्रममा विश्वनेताहरूले वर्तमान समयमा विश्व मानवताले झेलिरहेका चुनौतिहरूलाई सम्बोधन गर्नुका साथै शान्ति स्थापनाका नयाँ अवसरहरूका बारेमा पनि छलफल गरेका थिए ।

कार्यक्रमलाई विश्वका करोडौं दर्शकहरूले दृश्यावलोकन गरेको छ । र्‍याली अफ होपलाई नाइजेरियाका राष्ट्रपति मोहम्मद बुहारी, केप भेद्रेका राष्ट्रपति जोर्ज कार्लोस फोन्सेका, गुयनाका प्रधानमन्त्री मार्क फिलिप्स, संयुक्त राष्ट्रसंघीय खाद्य कार्यक्रमका निर्देशक डेभिड ब्यास्ली, लेसोथो राजा लेट्सी तृतीय, साउथ अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लार्क, पूर्वी टिमोरका पूर्वराष्ट्रपति छनाना गुस्माओ, गणतन्त्र भारतका पूर्वउपराष्ट्रपति मोहम्मद हमिद अन्सारी, अक्सफोर्ट विश्वविद्यालय अन्तरगत खोपविज्ञानका प्राचार्य साराह गिल्बर्ट लगायतले सम्बोधन गर्नुभएको थियो । अद्भूत डिजिटल प्रविधिमार्फत प्रश्तुत भएको दुई घण्टा ३० मिनेटको कार्यक्रममा विश्वप्रसिद्ध कोरियाली बाल कलाकार समूह दी लिट्टिल एञ्जल्सले आफ्नो बेजोड कला प्रस्तुत गरेका थिए ।

कोभिड १९ महामारिले सृजना गरेको प्राबधानका कारण भर्च्युअल रुपमा कार्यक्रम सञ्चालन गरेको कार्यक्रम आयोजक समितिका अध्यक्ष डा. युन योङ्ग होले बताउनुभयो । उहाँका अनुसार १९४ मुलुकका बीस लाख दर्शक सहभागिहरू लाई भर्च्युअल टिकट वितरण गरिएको थियो भने कार्यक्रम लाई अनलाइन तथा अन्य टेलिभिजन, सामाजीक सञ्जाल मार्फत दश करोड भन्दा बढी दर्शकहरूले हेरेका थिए । सम्मेलनमा ‘अन्तरनिर्भरता, पारस्परिक समृद्धि र विश्वव्यापी मूल्य मान्यता’ बिषयमा बक्ताहरूले आफ्नो घारणा राखेका थिए । सम्मेलनले मानव हित तथा पृथ्वीको भविष्य उत्तरदायि नेतृत्वको हातमा निर्भर रहेको कुरामा जोड दिएको थियो ।

सम्मेलनका वक्ताहरूले संसारले भोग्नुपरेको अकल्पनीय महामारी र चुनौतिहरूको सामना गर्न तथा विश्व र मानवतालाई आशाको सन्देश प्रवाह गर्नका लागि आपसी सहयोग तथा सहकार्यका लागि अपील गरका छन् । बत्ताहरूले कोभिड १९ का कारण छाएको सुस्ता र निस्कृयताका बीचमा पनि यूनिभर्सल पीस फेडेरेसनले विश्व शान्ति र मानवताका लागि निरन्तर काम गरिरहेको बताए । यूपिएफ कि सहसंसापक, डा. हाक जा हान मुनले आज मानवताले भोग्नु परेको आधारभूत समस्याहरूको जड भनेको स्वार्थी इच्छाहरू र असीमित लोभ भएको भन्ने कुरालाई पटक पटक दोर्‍याउनु भएको थियो ।

मानव संसाधन लाई युद्धमा प्रयोग हुने हातहतियारमा प्रयोग गर्ने चलनको अन्त्य गर्नु पर्ने युगको आगमन भइसकेको उहाँले बताउनुभयो । विभिन्न १८८ प्रशारण स्टेसनहरू मार्फत संसारभर प्रसारित पहिलो भर्च्युअल र्‍याली अफ होपलाई विश्वभर बाट करोडौ दर्शकहरूले हेरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार