✍️ डा. डीआर उपाध्याय
काठमाडौं,
फागुन ११ ।
देशको चिन्ता राजनीतिक दल र तिनका नेताहरूलाई हुने थियो भने यो देश धेरै पहिलेदेखि बन्थ्यो । जनता भोका नाङगा र बेरोजगार छन् । जनताको पीडा सुन्ने र बुझने नेताको अभाव छ यहाँ । हिजो चप्पल लगाएर काठमाडौं छिरेका नेताहरूको काठमाडौंमा अलिसान महल र प्रशस्त बैंक ब्यालेनस छ । आन्दोलनमा जनताले टाउको फुटाउनु पर्ने फाइदा नेताले लिने यो कस्तो लोकतन्त्र हो ? बेला बेलामा प्रश्न उठने गर्छ ।
प्रजातन्त्रदेखि गणतन्त्रसम्म आइपुग्दा नेताहरूले शासन गर्न थालेको हिसाव गर्ने हो भने मोटामोटी तीन दशक भन्दा बढि भइसक्यो । यो अवधिमा जनताको अवस्था फेरिन सकेको छैन । कुनै पनि देशमा यति धेरै समयसम्म शासन गर्दा पक्कै पनि देशको मुहार फेरिन्छ । दल र तिनका नेताहरूको हातमा देशको शासन सत्ता पटक पटक पुग्यो । तर, हाता लाग्यो शून्य । यो तरिकाले देश बन्दैन । सीमित नेता मोटाउने जनता भोका हुने अवस्था कायम रहिरहेयो भने बिद्रोह हुन सक्छ ।
यो बिषयमा सबै गम्भिर हुन जरुरी छ । हामी कता जादै छौ र देशलाई कता लैजादै छौ । सत्तामा पुगेपछि नेताहरू एक आपसमा लडने काम धेरै पहिलेदेखि सुरु भएको हो । यो परम्परा र सस्कृति अझै कायम छ । जस्ले गर्दा देश र जनताले दुख्ख भोग्नु परिरहेको छ । लामो समयदेखि जनताले कष्ट भोग्नु परिरहेको छ । राज्य सञ्चालकहरू इमान्दार भएनन । यदि इमानदार हुन्थे भने देश र जनताले दुख्ख पक्कै पाउने थिएनन । नेताहरूले जनताको मतको अपमान गरे । जनताप्रति उत्तरदायी भएनन । देशका युवा खाडी तथा अन्य मूलुकमा पलायन छन् । यो रहर होइन बाध्यता हो ।
राज्यकोषको दुरुपयोग भएको छ । कहाँ के कति खर्च भयो खोज्ने आँट कसैले गदैनन । देश आर्थिकरुपमा धराशायी बन्दै छ । यो बडो चिन्ताको बिषय हो । हिजो चुनावमा बाचा गरेका सवै कुरा बिर्सिएर नेताहरू सत्ता स्वार्थमा लडिरहेका छन् । यो भन्दा लाज लाग्दो कुरा अरु के हुन सक्छ ? हामी आफैँ सोचौं । देश बनाउछौ भन्नेहरू नै सत्ता स्वार्थमा लडिरहेका छन् । अब जनता आफैँ जाग्नुपर्ने बेला भएको छ । यो तरिकाले देश उभो लाग्दैन ।
देशको हितका बारेमा लेख्दा कसैलाई यो कुरा तितो लाग्न सक्छ । तितो भए पनि कुरा सत्य हो । जनताको पक्षमा कलम चलाउदा कसैलाई नराम्रो लाग्छ भने मैले के भनु । राजनीतिको नाममा ब्यापार हुनु भएन । मैले भन्न खोजेको कुरा यो हो । राजनीतिक परिवर्तन पछि धेरै सरकार बने तर जनताले देशमा सरकार भएको कुनै समय पनि महसुस गरेनन ।
जति सरकार बने पनि नेता बने तर देश र जनता बन्न सकेनन । नेता सम्पन्न बनेर मात्र देश बन्दैन । सवै भन्दा पहिला देश र जनता सम्पन्न हुनु पर्यो भन्ने मेरो भनाई हो । जवसम्म जनता सम्पन्न हुन सक्दैनन तवसम्म देश बन्दैन ।






