काठमाडौं,
फागुन ५ ।
बैतडी दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी उत्तमराज सुवेदीले आरोपीले भागरथीलाई सुरुमा धकेलेर लडाएको अनि दुवै हातले घाँटी थिचेर हत्या गरेको बताउनुभयो ।
माघ २१ गते विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्दा दोस्रो दिन माघ २२ गते साँझ ५ बजे लवलेक सामुदायिक वनमा कच्चीवाटो वाट ५० मिटर तल उनको शव फेला परेको थियो ।
माघ २३ गते उहाँको शव जिल्ला अस्पताल बैतडी लगिएको थियो । उहाँको पोष्टमार्टम रिपोर्टमा बलात्कार पछि घाँटी थिचेर हत्या गरिएको अनुसन्धानले देखाएको थियो ।






