काठमाडौं,
माघ २९ ।
गायक तथा निर्देशक शशान कंडेल तथा चर्चित नेपाली टीकटकर बिनु अधिकारीको स्वर रहेको गीत ‘पाखे ह्यान्डसम भर्सेज नेपाल ब्युटी’ सार्वजनिक भएको छ । सुजु भण्डारीको शब्द रचना महेश ज्ञवालीको सङ्गीत र बिनय कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतको मिक्सिङ तथा मास्टरिङ कृष्ण महर्जनले गरेका हुन भने बाध्यबादनतर्फ बाँसुरीमा संजीव मैनाली र गीतारमा संजीव सुब्बा छन् ।
https://www.youtube.com/watch?v=JjD12HDtRzE&feature=emb_logo
गायक कंडेलकै निर्देशन रहेको भिडियोमा आकृति पौडेल र चर्चित टीकटकर सन्तोष बस्नेतको अभिनय देख्न सकिन्छ भने अतिथि कलाकारहरूका रुपमा दीपक गौतम र प्रदीप ओझाको प्रस्तुति देख्न सकिन्छ ।
केही समय अगाडी मात्रै कंडेलकै स्वर, सङ्गीत अनि भिडियो निर्देशन रहेको ‘संगैको साथी’ सार्वजनिक भएको थियो । सो गीतमा पनि बस्नेतकै अभिनय देख्न सकिन्छ । भिडियोलाई गायक कँडेलकै अफिसियाल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






