आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना

काठमाडौं,
माघ २८ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालको मौसममा पश्चिमी वायुको प्रभाव रहेको र सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत प्रदेश नं १ र बागमती प्रदेशका पहाडी भू-भागको मौसममा आँशिकदेखि समामन्य बदली रहेको उल्लेख गरेको छ ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहेको छ । आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको महाशाखाले जनाएको छ । देशका पहाडी भू-भागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यसैगरी आज राती बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ को मौसममा आंशिकदेखि सामान्य बदली रहने देशका बाँकी भू-भागहरुको मौसामा आंशिक बदली रहने सम्भावना देखिएको छ ।

बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको तथा मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार