काठमाडौं,
माघ २८ ।
तामाङ जातिहरूको महान् पर्ब तामाङ ल्होछार सम्बन्धित गीत कलेक्सन सार्बजनिक भएको छ । मिलन तामाङ (पाख्रिन) र दीपा लामाको स्वरमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । जीबन बम्जनको शब्द रचना रहेको गीतमा मिलनकै सङ्गीत फणिन्द्र राईको संगीत सयोजन छ ।
पछिल्लो समयमा मिलन नेपाली गीत सङ्गीत क्षेत्रमा व्यस्त हुनुहुन्छ । रामेछाप जिल्ला गोकुल गङ्गा वडा ६ फर्पुमा जन्मिनु भएका मिलन काठमाडौंलाई कर्मथलो बनाउँदै आउनुभएका मिलन अभिनय तथा निर्देशनमा पनि सक्रिय हुनुहुन्छ ।






