काठमाडौं,
माघ २५ ।
आइतबार थप ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो समय दुई हजार २५१ जनाको पिसिआर परीक्षण गर्दा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ९२५ पुगेको छ भने पिसिआर परीक्षण हुनेको संख्या २० लाख ९३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या एक हजार ८१५ छ ।
यस्तै थप २६० जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या दुई लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई हजार ३८ पुगेको छ ।
यस्तै, देशभर पछिल्लो समय ६७ जना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन् । ५६ जना आइसियु र ११ जना भेन्टिलेटरमा उपचाररत रहेका हुन् । बागमती प्रदेशमा २५ आइसियु र आठ भेन्टिलेटरमा, गण्डकीमा तीन आइसियुमा, लुम्बिनी २६ आइसियु र दुई भेन्टिलेटरमा, कर्णालीमा एक आइसियु र एक भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा एक जना आइसियुमा उपचाररत रहेका छन् ।
आइतबार धनुषामा एक, काठमाडौंमा ४३, काभ्रेमा तीन, चितवनमा सात, धादिङमा एक, नुवाकोटमा दुई, भक्तपुरमा चार, ललितपुरमा आठ, सिन्धुपाल्चोकमा एक, कास्कीमा १९, गोरखामा तीन, तनहुँमा चार, पर्वतमा एक, म्याग्दीमा तीन, लमजुङमा ६, अर्घाखाँचीमा एक, दाङमा तीन, नवलपरासीमा एक, पाल्पामा दुई, बाँकेमा पाँच, र कैलालीमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।






