काठमाडौं,
माघ २४ ।
पूर्वाञ्चलबाट कलाकारिताको क्षेत्रमा संघर्ष गरिरहेकी नायिका तेजस्वी बास्कोटा अभिनित म्युजिक भिडियो ‘प्रिती पुष्प…’ सार्वजनिक भएको छ । गायक प्रमोद खरेलको स्वर रहेको ‘प्रिति पुष्प…’ गीतको भिडियो सार्वजनिक भएको हो ।
चलचित्र ‘लिलामी’मा अनुबन्ध भएकी नायिका तेजस्वीलाई भिडियोमा दिप्सन भट्टराई, जीना, झरना काफ्लेले अभिनयमा साथ दिएका छन् ।
गीतमा नरेन्द्र प्यासीको सङ्गीत, टिका भट्टराईको शब्द, राज शेर्माको निर्देशन छ । भिडियो झापा जिल्लाका विभिन्न स्थानमा छायांकन गरिएको छ ।






