आजको मौसम: केही स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना

काठमाडौं,
माघ २३ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको र देशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

हाल सुदूरपश्चिम, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको मौसममा सामान्य वदली भएको छ । त्यस्तै बागमती प्रदेशको मौसममा आंशिक बदली रहेको छ । आज काठमाडौंको न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ ।

आज दिउँसो देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना देखिएको छ । त्यसैगरी प्रदेश नं. १ र बागमती प्रदेशका केही स्थानमा पनि हल्कादेखि मध्यम बर्षा हुने सम्भाबना छ । देशका उच्च पहाडी र हिमाली भू-भागका धेरैजसो स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

आज राती देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र वाग्मती प्रदेशका पहाडी भूभागका धेरैजसो स्थानमा हल्का वर्षा हुने सम्भावना देखिएको छ । त्यस्तै प्रदेश नं. १ का केही स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार