काठमाडौं,
माघ २२ ।
नुमा लिङदेनको स्वरमा रहेको गीत ‘जुनेली रातै’ सार्वजनिक भएको छ । गीता राईको शब्द, शान्तिराम राईको सङ्गीत र धिरज श्रेष्ठको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
दिनेश लिङ्देनको निर्देशन तथा सम्पादन रहेको गीतको भिडियोमा दिक्पाल कार्की र विमला खजुम लिम्बु फिचर्ड छन् ।
भुपेन्द्र तुम्वाहम्फेको छायांकन रहेको भिडियो ओएसआरमार्फत सार्वजनिक गरिएको छ ।






