फागुन २१ देखि सिनेमाघरमा ‘गोर्खे’

काठमाडौं,
माघ २० ।

गोर्खे बन्ने सपना बुनेका पाँच युवाको कथा समेटिएको चलचित्र ‘गोर्खे’ आगामी फागुन २१ गतेबाट प्रदर्शनमा आउने भएको छ । कोजु इन्टरटेनमेन्टको ब्यानरमा हरि लामा प्रस्तुतकर्ता र तिर्थराम कोजु तथा हरि थापा निर्माता रहेको चलचित्रलाई करण श्रेष्ठ ‘क्रेजी’ले वितरण गर्दैछन् । रिलिज मितिसँगै चलचित्रको अफिसियल पोस्टर पनि सार्वजनिक भएको छ ।

पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई फिचर गरिएको छ । पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंलगायत नेपालको रमणीय स्थानमा छायांकन गरिएको चलचित्रमा किस्मत गौतमको निर्देशन छ ।

चलचित्रमा रवीन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बालदीप राईलगायतको अभिनय छ । फिल्ममा सौरभ लामा र निरज कँडेलको छायांकन, काजी लिम्बुको कथा, पटकथा, छिन्दु पाख्रिन र हरि लम्सालको सङ्गीत र मित्र डी गुरुङको सम्पादन छ ।

यसमा तपाइको मत

अन्य समाचार