केशव र सन्तोषको शास्त्रीय सङ्गीतमा गजल ‘वेदनाको भेल…’ (भिडियोसहित)

काठमाडौं,
माघ १७ ।

‘वेदनाको भेल पोखी सँगै रुन सकिएन
तिम्रै हुन्छु भन्थेँ तर आफ्नै हुन सकिएन’

नेपाली गजल सङ्गीतको इतिहासमा एउटा अत्यन्तै फरक शैलीको शास्त्रीय सङ्गीतमा आधारित गजलको अडियो तथा भिडियो सार्वजनिक भएको छ । नेपाली साङ्गीतिक क्षेत्रमा शास्त्रीय साङ्गीतका माध्यमबाट आफ्नो अब्बल प्रस्तुति दिन सकिन्छ भन्ने प्रमाण यस गजलको अडियो तथा भिडियोले प्रमाणित गरेको छ ।

डा. केशव शर्माको गजल रचना र विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङगीतमा गायक मनोजराज तथा गायिका सुजाता वर्माले स्वराङ्कन गरेको गजल हो ‘वेदनाको भेल…’ । यस गीतको भिडियोमा गजित विष्ट र आरोही शर्माले सुन्दर शास्त्रीय नृत्यसहित अभिनय गर्नुभएको छ ।

हेमप्रभास अधिकारीले निर्देशन गर्नुभएको गीतको भिडियोलाई नवराज उप्रेतीले छायांकन गर्नुभएको छ भने टेकेन्द्र शाहको सम्पादन छ । गजित विष्ट र गम्भिर विष्टको नृत्य निर्देशन रहेकोे भिडियोमा गजित बिष्ट, आरोही शर्मा, नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रचाल, डम्बर खड्काथोकीलगायतका कलाकारले पनि अभिनय छ ।

यसमा तपाइको मत

अन्य समाचार