काठमाडौं,
माघ १५ ।
काठमाडौंको दरबारमार्गमा आगामी फेब्रुअरी ५ देखि क्लब प्लाटिनम सञ्चालनमा आउँदैछ । क्लब सञ्चालनको पहिलो दिन पप गायक सविन राइले क्लबमा प्रस्तुती दिने सञ्चालक नितिश शाहीले जानकारी दिएका छन् । नेपाली यूवायूवतीमाझ लोकप्रिय रहेका सविनको प्रस्तुतिमा दर्शक झुम्ने आशा सञ्चालकको छ ।
क्लब प्लाटिनम कोरोना महामारी अगाडी पनि सामान्य ढङ्गले सञ्चालनमा आएको थियो । तर, कोरोनाका कारण देशभरका सबै व्यवसाय ठप्प रहँदा क्लब व्यवसायलाई पनि ठूलो असर पर्यो । तर, यही समयमा प्लाटिनमका सञ्चालकले यसलाई नयाँ ढङ्गले निर्माण गर्ने मौका भने पाए ।
नेपालमै पहिलो पटक ‘लाइट चेन्जिङ फ्लोर र स्टेश क्लब प्लाटिनममा जोडिएको सञ्चालकको दाबी छ । गीत अनुसार लाइट परिवर्तन हुन सक्ने नयाँ प्रविधी जडान गरिएको नितिशले बताए । यस्तै, क्लबमा एलइडी र लाइट पनि लोभलाग्दो बनाइएको दाबी गरिएको छ । नेपालमा क्लब कल्चर विकासहुँदै गएको अवस्थामा क्लब प्लाटिनमले पनि बजारमा राम्रै प्रतिस्पर्धा दिन सक्ने विश्वास गरिएको छ ।






