हास्य टेली श्रृङ्खला ‘दुई स्वास्नीको पोइ, कुना पसि रोई’ प्रसारण हुँदै

काठमाडौं,
माघ ९ ।

हास्य टेली श्रृङ्खला ‘दुई स्वास्नीको पोइ, कुना पसि रोई’ को प्रसारण प्रारम्भ हुने भएको छ । यो श्रृङ्खला योहो टेलिभिजन एचडीमा प्रत्येक मंगलबार राति ८ः३० बजेदेखि प्रसारण हुन लागेको हो ।

काठमाडौंमा छायांकन भइरहेको उक्त श्रृङ्खला यूट्युबबाट पनि प्रसारण हुनेछ । समसामयिक तथा पारिवारिक विषयवस्तुमा आधारित उक्त श्रृङ्खलालाई एसकेएस फिल्म्सको प्रस्तुतिमा निर्माण गरिएको हो ।

गीता नेपाल (दाउरी) को लेखन रहेको यो श्रृङ्खलालाई ज्ञानकुमार कट्टेलले निर्देशन गरिरहेका छन् । श्रृङ्खलामा हास्य अभिनेता गोपाल ढकाल छन्देले दुई श्रीमतीको श्रीमान्को को भूमिका निर्वाह गरेका छन् ।

श्रृङ्खलामा छन्देसहित अभिनेत्री शुभेच्क्षा थापा, विद्या कार्की, विशाल पहाडी, शुशिला निरौला (बिम्ली), गीता नेपाल (दाउरी), पुरुषोत्तम खड्का, चिन्तामणि पोखरेल, आयुष दाहाल, आयुष कार्की, कृष्ण खड्का, रामकृष्ण नेपाल, विजया बडाललगायतका कलाकारले अभिनय गरिरहेका छन् ।

काठमाडौंको काभ्रेस्थली (भेडीगोठ) क्षेत्रमा छायांकन गरिएको यो श्रृङ्खलाका छायांकार राजु श्रेष्ठ हुन् भने मनोज ढकालको श्रृङ्गार तथा मनोज श्रेष्ठको प्रकाश व्यवस्थापन छ ।

यसमा तपाइको मत

अन्य समाचार