चलचित्र ‘आरम्भ’ को ‘रिमझिम मौसम…’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
माघ ४ ।

चलचित्र ‘आरम्भ’मा रहेको गीत ‘रिमझिम मौसम…’ सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको प्रस्तुति, लेखन तथा निर्देशनमा निर्माण भइरहेको उक्त चलचित्रको यो गीतमा गायिका नित्याशिवाको स्वर सुन्न सकिन्छ ।

शंकर अधिकारी घायलको शब्द तथा सङ्गीतको उक्त गीतमा भुपाल खालिङको सङ्गीत संयोजन छ । चलचित्रमा कृष्ण पाण्डेको छायांकन, डीके हमालको नृत्य, देव महर्जनको द्वन्द्व तथा अञ्जली थापाको सम्पादन रहेको छ ।

गीतमा विशाल अग्रवाल र अमृता मगरलाई फिचर गरिएको छ । चलचित्र आरम्भलाई मीनकुमार अधिकारीले निर्माण गरेका हुन् । राजु लामा स्याङरुम, रोशन पोख्रेल र लक्ष्मी कुँवर चलचित्रका सहनिर्माता हुन् ।

यसमा तपाइको मत

अन्य समाचार