आजको मौसम: तराईमा हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा मौसम बद्ली

काठमाडौं,
माघ ४ ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको उल्लेख गरेको छ ।

बिहान प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरो लागेको छ ।

आज दिउँसो प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने र राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रही देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

यसमा तपाइको मत

अन्य समाचार