शुभकामना हल पुनः सञ्चालनमा

काभ्रे,
माघ ३ ।

कोरोना भाइरस (कोभिड-१९) का कारण लामो समय बन्द रहेका सिननेमा घरहरू माघ १ गतेदेखि पुनः सञ्चालनमा आएका छन् । देशभर बन्द रहेको सिनेमा घरहरू सञ्चालनमा आएसँगै काभ्रे जिल्लाको बनेपा नगरपालिका-७ गोदामचोकमा रहेको जिल्लाको पुरानो हल शुभकामना हलले आफ्नो स्वरुप नै परिवर्तन गरी नयाँ तरिकाले सञ्चालनमा ल्याएको छ ।

हलका सञ्चालक दुर्गालाल प्रधानले लामो समय बन्द रहेको हल नयाँ साजसज्जाका साथ सञ्चालनमा ल्याइएको बताए । प्रधानले भने, ‘अब अत्याधुनिक प्रविधिको प्रयोगसँगै पुर्णरुपमा एसी, डल्बी साउण्ड सिस्टम र अत्याधुनिक सिटसहित मल्टिप्लेक्सको सुविधामा हल सञ्चालन गरिएको छ ।’ नेपाल सरकारको स्वास्थ्य मापदण्डलाई मध्यनजर गर्दै माक्स, सेनिटाइजर, सामाजिक दुरी कायम गरी शुभकामना हल सञ्चालन भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार