झापा,
पुस २७ ।
झापाको कोटीहोम दोमुखा माईधार आसपासमा दुई ओटा गीतको एकसाथ छायाँकन गरिएको छ । टीका भट्टराई नेपालको शव्द, नरेन्द्र प्यासिको सङ्गीत रहेको दुई ओटा गीतको छायाँकन सम्पन्न भएको हो ।
निशान भट्टराईको स्वर रहेको गीत ‘देखे सन्ततीले छलेको कहानी…’ मा निर्देशन दिनेशराज शर्माले गर्नुभएको छ भने प्रमोद खरेलको स्वर रहेको गीत ‘शिसिरमा प्रिति पुस्व…’मा राज सेर्माले निर्देशन गर्नुभएको छ ।
गीतको भिडियोमा उत्तम केसी नेपाल, दीपसन भट्टराई, अभिषेक धमला, तेजसवीनी बासकोटा, जीना झरना काफ्ले (जोडी), निर्मला चौलागाई, देवीचरण भण्डारी, बाल कलाकार प्रतिक नेपाल, टीका भट्टराई नेपाललगायतको अभिनय रहेका छ ।
सन्तोष राना मगरको छायाँकन, सम्पादन रहेको गीतको भिडियोमा नगेन धिमालको ड्रोन र कृष्ण सुवेदीको शृङ्गार छ । भिडियो छिट्टै सार्वजनिक गरिने टीकाले बताउँनुभयो ।






