कविता: ‘खै हिजो आज म एकलो भए कि कसो’

✍️ कपिलमनि अधिकारी
गान्तोक, सिक्किम
पुस २५ ।

सबैलाई आफ्नै देख्छु
आफूतिर आकर्षित पार्न यी नयन झिम्कदैनन्,
कता कता मुस्काउँछु,
बोल्दछु शब्द निस्कदैनन्,
देखासिकी गर्दै सहयोगको
मन सार्दछु,

ईशाराबिना मायाको झोपडिमा दीयो बालेर
उज्यालो छर्ने क्रममा
दन्केर छाती आफ्नै जलेको देख्छु,
अब त मुस्काउँन पनि मुस्किल,
नयन–नयन जुधाउन पनि मुस्किल,
अरु त छोडौँ बोल्न पनि मुस्किल,
बोलीहाले कर्के नजरको डाम
बोकेर धिक्कारमय समयलाई

लिएर हिँड्नु पर्ने वाध्यता,
उफ् समयले अब पर सार्दैछ कि कसो,
दिन् दिनै सरिर भित्र आतंकले प्रवेश गर्यो कि कसो,
कि त कुरूप देखिनँ थालेँ,
कि त म नपत्याउने गरि चाउरिनॅ थालेँ कि कसो,
बुझ्न नसकेर सोधौं भन्छु
सोध्नै गाह्रो, कसलाई सोधौं

सोधेपछि विष प्याउछन् कि भन्ने डरले अलिक वर्ष बाँच्न
हास्नै पर्ने वाध्यताले
दुःख लुकाई आ, हाँँस्छु साथी
बल्ल बल्ल भेटेको जिन्दगीमा
ताक परे नाच्छु साथी ।

यसमा तपाइको मत

अन्य समाचार